निर्वाचन आयोगले जसपाको आधिकारिकताका उपेन्द्र यादव पक्षलाई दिएको छ ।
सोमबार आयोगमा उपस्थित ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये बहुमत अर्थात् ३४ जना सदस्यले यादव पक्षमा सनाखत गरेका थिए । त्यही सनाखतका आधारमा यादव पक्षले आधिकारिकता पाएको निर्वाचन आयोगक प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि आह्वान गरिएको छ । तर, त्यसको समयसीमा भने तोकिएको छैन । ठाकुर पक्षमा १६ जनाले सनाखत गरेका थिए । जेलमा रहेका रेशम चाैधरीले भने आयाेग पुगेर तटस्थ बस्ने निर्णय गरेका थिए ।
ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले निर्वाचन आयोगले पार्टी विभाजन गरिदिएको भन्दै त्यसको कानुनी उपचार खोजिने बताएका छन् ।