गृहपृष्ठ खबर विजय शाही कालिकोट स्थित आफ्नै घरमा भेटिए

विजय शाही कालिकोट स्थित आफ्नै घरमा भेटिए

प्रकाशित मिति:

सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्युको खबर झुटो भएको प्रहरीले जनाएको छ । शाही कालिकोटको महावै गाउँपालिका स्थित घरमा फेला परेको कालिकोटका डिएसपी चक्र शाहले रातोपाटीलाई बताए ।

आफूलाई ‘मेमोरी किङ’ दाबी गर्ने विजय शाहीको मृत्यु भएको पोस्ट मंगलबार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको घरमा सम्पर्क गरेको थियो ।

कालिकोटका डिएसपी शाहले भने–‘उहाँले आफू बिरामी भएको हुनाले आराम गरिरहेको बताउनुभएको छ ।’

सम्बन्धित् समाचार