गृहपृष्ठ खबर अर्घाखाँचीको मालारानी ४ को वडा कार्यालय१ बजे नै बन्द हुन्छ

अर्घाखाँचीको मालारानी ४ को वडा कार्यालय१ बजे नै बन्द हुन्छ

प्रकाशित मिति:

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ४ खनमा रहेको वडा कार्यालय बिना जानकारी बन्द रहेको छ। हिजो मंगलबार बिना जानकारी दिउसो साढे १ बजे नै वडा कार्यालय बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन्।

वडा कार्यालय बन्दको सुचना तथा जानकारी बिना नै बन्द देखिएको थियो। कार्यालयको सुचनापाटी तथा भित्ताहरुमा समेत सुचना टास गरेको देखिंदैन। कार्यालय खोलेर केही काम गरेर आफू बाहिररिएको वडा सचिव सपना आचार्यले बताइन्।

छिमेकी वडाहरुमा कोरोनाका बिरामी देखिएपछि वडा कार्यलय बन्द गरेको वडा अध्यक्ष विष्णु पोख्रेलले बताए। अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरे पनि कार्यालय समयमा कार्यालय खोल्नु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले बताए। उनले कार्यालय बन्द नै गर्न भनेर कही कतै सूचना प्रकाशित नभएको बताए।

कार्यालय खोल्नु पर्ने समयमा गाउँपालिकाको सुचना बिना कार्यालय बन्द गर्न नहुने प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए। यसका बारेमा आफूले बुझेर अगाडी बढ्ने बताएका छन्। गाउँपालिका भित्र रहेको वडा नम्बर ३ को कार्यालयमा भने नियमित काम काज भैरहेको थियो।
अन्य वडामा नियमित कामकाज भए पनि वडा नम्बर ४ मा दिउँसै वडा कार्यालय बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन।

सम्बन्धित् समाचार