गृहपृष्ठ खबर कपिलवस्तुमा एकै बर्षमा १५० जनाले गरे आत्महत्या

कपिलवस्तुमा एकै बर्षमा १५० जनाले गरे आत्महत्या

प्रकाशित मिति:

कपिलवस्तुमा आत्महत्याको घटनाको अवस्था भयावह देखिएको छ । आर्थिक बर्ष २०७७/ २०७८ को तथ्याङ्क पल्टाएर हेर्दा जिल्लामा एकै बर्षमा १५० जनाले आत्महत्या गरेका प्रहरीले जनाएको छ । यो तथ्याङ्कले औसतमा प्रत्येक तीन दिनमा एक जनाले हात्महत्या गर्छन् भन्ने देखाउँछ ।

जिल्ला प्रहरी कार्यालय तौलिहवाका अनुसार सबैभन्दा बढी भुन्डिएर ९७ जनाले आत्महत्या गरेका छन् । यस्तै बिस सेवन गरेर ४९, आगो बालेर २ जना र हाम फालेर २ जनाले आत्महत्या गरेका छन् ।

प्रहरी प्रवक्ता धर्मराज भण्डारीका अनुसार यो तथ्याङ्क गत अघिल्लो सालको भन्दा २१ जनाले बढी हो । उहाँका अनुसार प्रेममा असफल , जातिय बिभेद , घरलु हिंसा, डिप्रेसन आदि कारणले मानिसहरुले हात्मा हात्या गर्ने गरेका छन् ।

सम्बन्धित् समाचार