कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ मानपुरवाट साउन १२ गते सशस्त्र प्रहरीले करिब २ लाख ५६ हजार रुपयाँ बराबरको ६४ क्युफिट सिसौको अबैध काठ बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सब–डिभिजन वन कार्यालय ठाकुरापुर कपिलबस्तुमा बुझाईएको छ ।