अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ७ अडगुरीमा नेकपा एमाले परित्याग गरि १३ जना काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनताकाे पक्षमा काम नगरेकाे भन्दै एमाले छाेडेकाे नवप्रवेशीले बताएका छन् ।
काँग्रेसमा प्रवेश गरेकाहरूलाई पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गाैतम, काँग्रेस संगठन विभाग सदस्य तुल्सीराम पाैडेल, पालिका कार्यवाहक सभापति नुरमहमद अलि, क्षेत्रिय सदस्य महेश पन्थ लगाएतले पार्टी प्रवेश गराएका हुन ।
एमाले परित्याग गरि दिपक पल्लि, प्रेमबहादुर थापा, लक्ष्मण विक, सुरज पल्लि लगाएत प्रवेश गरेका थिए । उनिहरू नेकपा एमालेका सक्रिय कार्यकर्ता हुन ।