गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा टेक्टर दुर्घटनामा थारुको मृत्यु

कपिलवस्तुको बाणगंगामा टेक्टर दुर्घटनामा थारुको मृत्यु

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका टेक्टर दुर्घटनामा परि १ जनाको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नः ३ कर्मानामा गत राती टेक्टर दुर्घटना हुदा टेक्टर चालकको मृत्यु भएको हो ।

तौलीहवा जितपुर सडक खण्ड अन्र्तगत भएको दुर्घटनामा परि दक्षिण चेतीया बस्ने बर्ष ३० का राम प्रसाद थारुको मृत्यु भएको हो ।
लु ४ त ८०७९ नः को टेक्टर सडक छेउको खालडोमा उल्टो अवस्थामा टेक्टर दुर्घटना भएको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । दुर्घटना रातको समयमा भएको अनुमान गरिइएको छ ।

सम्बन्धित् समाचार