गृहपृष्ठ खबर कपिलवस्तुको बुद्ध यशोधरा सामुदायिक वनमा ७० लाख बढि रकम अनियमितता भएको खुलासा

कपिलवस्तुको बुद्ध यशोधरा सामुदायिक वनमा ७० लाख बढि रकम अनियमितता भएको खुलासा

प्रकाशित मिति:

साउन १५ गते

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ९ गब्दहवा स्थित बुद्ध यशोधरा सामुदायिक वनका पदाधिकारीले विभिन्न शीर्षकमा आर्थिक अनियमितता गरेको खुलासा भएको छ । सामुदायिक बनका अध्यक्ष गिरिधारी थारु, उपाध्यक्ष इन्द्रावति थारु, सचिव शुसिला बिष्ट, कोषाध्यक्ष शसि अधिकारी( मेन नाइके) सदस्य सुकैया थारु लगायतका पदाधिकारी मिलेर बनको आम्दानीबाट ७० लाख बढि बजेट अनियमितता गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७४।७५, २०७५।७६ र ०७६।७७ मा सामुदायिक वनले गरेको अडिट रिपोर्ट अनुसार केही शीर्षकमा कामै नभई खर्च देखाइएको विषय चर्चामा रहेको छ । सोही विषयलाई लिएर स्थानिय उपभोक्ताहरुले आम भेलामार्फत आय व्यय आम भेलामा सार्वजनिक गर्न माग गरेका छन । बुद्ध यशोधरा सामुदायिक वन समितीले विभिन्न शिर्षकमा फर्जि बिल बनाई अनिमितता गरेको भन्दै उपभोक्ताहरु विरोधमा उत्रिएका हुन ।

आर्थिक वर्ष २०७४।०७५ मा वन हेरालुको तलब खर्च ८ लाख ६४ हजार, कार्यालय सहयोगी खर्च १ लाख ४४ हजार, सालको विउ रोपाई खर्च १ लाख ५१ हजार ५ सय, काठ दाउरा संकलन खर्च २३ लाख ४८ हजार २ सय २५, काठ दाउरा संकलन भुक्तानी दिनुपर्ने रकम खर्च १२ लाख १९ हजार ९ सय ८०, फायरलाईन सफाई ४ प्लट खर्च ६ लाख ३५ हजार, प्लट सफाई खर्च ७ लाख २९ हजार, बाटो ग्राबेल खर्च ८ लाख ९६ हजार, माटो पटान खर्च १ लाख ९१ हजार ७ सय लगाएतका शिर्षकहरुमा भएको खर्च बढी देखाई रकम अनियमितता गरेको स्थानिय उपभोक्ताहरुले बताएका छन ।

त्यस्तै आर्थिक वर्ष २०७५।०७६ मा बाटो निर्माणका लागि २४ लाख ८२ हजार ३ सय १०, वन हेरालुको तलब खर्च ८ लाख ६४ हजार, कार्यालय सहयोगी खर्च १ लाख ४४ हजार, अवलोकन भ्रमण खर्च २ लाख ५० हजार, काठ दाउरा संलकन (०७४।७५) खर्च ८ लाख ७० हजार ५ सय ५२, काठ दाउरा संलकन (०७५।७६) खर्च २३ लाख ९९ हजार १ सय ७५, प्लट सफाई खर्च ८ लाख ६४ हजार, अग्नी रेखा खर्च ७ लाख १४ हजार रकम बढि देखाई अडिट गरीएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६।७७ मा काठ दाउरा संकलन खर्च २३ लाख ४८ हजार २ सय २५, काठ दाउरा संकलन भुक्तानी दिनुपर्ने खर्च २३ लाख ९९ हजार १ सय ७५, बाटो निर्माणको भुक्तानी दिनुपर्ने खर्च २१ लाख ७६ हजार ५ सय ८, अद्दकज्ञ कटान मुछान खर्च ५ लाख ६७ हजार, अज्ञकज्ञ कटान मुछान खर्च २० लाख ७० हजार ७ सय ६५, प्लट सफाई खर्च २ लाख ४० हजार ९ सय ७५, तारबार लेबर खर्च ९९ हजार ७ सय ५०, वन हेरालुको तलब खर्च ४ लाख ३२ हजार, तार खरिद खर्च ३ लाख ४५ हजार ५ सय ३९, झाँडी सफाई खर्च २ लाख ३९ हजार ४ सय लगाएतका विभिन्न शिर्षकहरुमा अनियमितता गरेको आरोप छ । बनका कर्मचारी लगायतलाई दिदा अनियमितता देखिएको बनका पदाधिकारी बताउछन ।

सोही विषयलाइ लिएर उपभोक्ताहरूले हिसाब किताब देखाउन माग गरेका छन । वनका पदाधिकारीद्वारा विभिन्न शिर्षकमा खर्च देखाएर अनिमितता गरेको भन्दै उपभोक्ताले आय व्यय सार्वजनिकका लागि माग गरेका हुन ।

सबैभन्दा बढी घोटला भएका शिर्षकहरुः

वन हेरालुको तलब (आ.व. ०७४।७५)
आर्थिक वर्ष २०७४।७५ मा सामुदायिक वनले अडिट रिपोर्टमा वन हेरालुको तलब ८ लाख ६४ हजार खर्च देखाएको छ । तर वर्ष भरि बन हेर्ने हेरालु २ जना छन, उनीहरुको तलब मासिक ५ हजार मात्र छ । २ जना हेरालुको वर्षदिनको तलब १ लाख २० हजार हुन्छ । तर अडिट रिपोर्टमा एक वर्षको रकम ८ लाख ६४ हजार देखाईएको छ । कोषाध्यक्ष सशी अधिकारीले भने १२ हजारका दरले रकम भुक्तानी गरेको बताएका छन ।

कार्यालय सहयोगी (आ.व. ०७४।७५)
सोही आर्थिक वर्षको अडिट रिपोर्टमा कार्यालय सहयोगी तलब १ लाख ४४ हजार खर्च भएको देखाईएको छ । तर कार्यालय सहयोगी आफुले उक्त रकम अहिले सम्म नपाएको बताउँदै गुनासो पोखेकी छिन । यस शिर्षकमा पनि बन समितिले दिएको दाबी गरेको छ ।

बाटो निर्माण (आ.व. ०७५।७६)
आर्थिक वर्ष २०७५।०७६ मा सामुदायिक वनले बाटो निर्माणका लागि अडिट रिपोर्टमा २४ लाख ८२ हजार ३ सय १० खर्च भएको देखाएको छ । जुन बाटो आर्थिक वर्ष ०७५।७६ मा नदि जन्य पदार्थ निकासीका लागि बुद्धभूमि नगरपालिकाबाट अगिया खोलामा ठेक्का हुँदा खडका काष्ठ तथा फर्निचर सप्लार्यले बढी रकम कबोल गरेको थियो । सोही क्रममा स्थानियको माग अनुसार उक्त ठेक्का हाता पार्ने ठेकेदारले बाटो निर्माणको लागि लागानी गरेको ठेकेदार राजु खड्काले रातो प्रेसको रिर्पोटमा बताएका छन । उनका अनुसार बाटो निर्माणमा करिब १५ लाख लागेको बताएका छन । तर सोही बाटो निर्माण बन समितले निर्माण गरेको भन्दै बनका अध्यक्ष गिरीधारीलाल थारु, सचिव सुसिला राना र कोषाध्यक्ष सशी अधिकारीले अपुष्ट दाबी गरेका छन ।

वन हेरालु तलब (आ.व. ०७५।७६)
त्यस्तै आर्थिक वर्ष ०७५।७६ मा सामुदायिक वनले अडिट रिपोर्टमा वन हेरालुको तलब ८ लाख ६४ हजार खर्च देखाएको छ । तर वर्ष भरि बन हेर्ने हेरालु २ जना छन, उनीहरुको तलब मासिक ६ हजार मात्र छ । २ जना हेरालुको वर्षदिनको तलब १ लाख ४४ हजार आउँछ । तर अडिट रिपोर्टमा एक वर्षको रकम ८ लाख ६४ हजार कसरी पुग्यो त ।
कार्यालय सहयोगी तलब (आ.व. ०७५।७६)
सोही आर्थिक वर्षको अडिट रिपोर्टमा कार्यालय सहयोगी तलब १ लाख ४४ हजार खर्च भएको देखाईएको छ । तर कार्यालय सहयोगीलाई उक्त रकम दिईएको छैन ।

वन हेरालु तलब (आ.व. ०७६।७७)
त्यस्तै आर्थिक वर्ष ०७६।७७ मा सामुदायिक वनले अडिट रिपोर्टमा वन हेरालुको तलब ४ लाख ३२ हजार खर्च देखाएको छ । तर वर्ष भरि बन हेर्ने हेरालु २ जना छन, उनीहरुको तलब मासिक ६ हजार मात्र छ । २ जना हेरालुको वर्षदिनको तलब १ लाख ४४ हजार आउँछ । तर अडिट रिपोर्टमा एक वर्षको रकम ४ लाख ३२ हजार कसरी पुग्यो त ।

यसरी हेर्दा माथिका ति शिर्षकमा खर्च बढी देखाएको पाइएको छ । स्थानिय उपभोक्ताहरुको भनाई अनुसार सो समितिले ४ वटा शिर्षकमा मात्रै ३० लाख भन्दा धेरै हिनाबिना गरेको भन्दै हाल सम्म करोड भन्दा बढी रकम घोटला हुनसक्ने अनुमान गरेका छन । तर वन समितिका पदाधिकारीले भने आफ्नो गल्तीलाई स्वीकार्न मानेनन बरू ढाकछोप गर्न तिर लागेको पाइएको छ ।

सार्वजनिक सुनुवाईमा अडिट रिपोट लुकाईएको उपभोक्ताहरूको आरोप छ भने अर्को तर्फ नक्कली बिल बनाई लाखौँ रकम हिनाबिना पारेको समेत उपभोक्ताको गुनासो छ ।

सम्बन्धित् समाचार