गृहपृष्ठ खबर कपिलवस्तुमा ७० लाख बढि रकम अनियमितताको नाइकेमा बुद्धभुमिका अधिकारी रहेको पुष्टि

कपिलवस्तुमा ७० लाख बढि रकम अनियमितताको नाइकेमा बुद्धभुमिका अधिकारी रहेको पुष्टि

प्रकाशित मिति:

साउन १५ गते

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ९ गब्दहवा स्थित बुद्ध यशोधरा सामुदायिक वनका पदाधिकारीले विभिन्न शीर्षकमा आर्थिक अनियमितता गरेको खुलासा भएको छ । जसमा बनका कोषाध्यक्ष समेत रहेका शशि अधिकारी मुख्य नाइके मध्य एक रहेको पुष्टि भएको छ । सामुदायिक बनको कोषाध्यक्ष रहेका अधिकारीले बनको हिसाव किताव हेर्ने सबै जिम्मा पाएकोमा उनी आफनै घोटला गरेको पाइएको हो ।

 

उनले सामुदायिक बनभित्र बन कार्यालयका कर्मचारीहरुलाई मिलाउनु पर्छ, पैसा दिनुपर्छ भन्दै लाने गरेको सामुदायिक बनकै एक सदस्यले नाम नबताउने सर्तमा बताइन । अधिकारीले ठेकेदारसगं मिलेर बनलाई यो अवस्थामा पु¥याएको समेत बताए । साथै अधिकारीले रातको समयमा नदीजन्य पदार्थको चोरी निकासि गर्ने गरेको समेत पाइएको छ । उनले अवैध रुपमा डम्पीङ गरेको स्थानिय बताउछन ।

सबैभन्दा बढी घोटला भएका शिर्षकहरुः

वन हेरालुको तलब (आ.व. ०७४।७५)
आर्थिक वर्ष २०७४।७५ मा सामुदायिक वनले अडिट रिपोर्टमा वन हेरालुको तलब ८ लाख ६४ हजार खर्च देखाएको छ । तर वर्ष भरि बन हेर्ने हेरालु २ जना छन, उनीहरुको तलब मासिक ५ हजार मात्र छ । २ जना हेरालुको वर्षदिनको तलब १ लाख २० हजार हुन्छ । तर अडिट रिपोर्टमा एक वर्षको रकम ८ लाख ६४ हजार देखाईएको छ । कोषाध्यक्ष सशी अधिकारीले भने १२ हजारका दरले रकम भुक्तानी गरेको बताएका छन ।

कार्यालय सहयोगी (आ.व. ०७४।७५)
सोही आर्थिक वर्षको अडिट रिपोर्टमा कार्यालय सहयोगी तलब १ लाख ४४ हजार खर्च भएको देखाईएको छ । तर कार्यालय सहयोगी आफुले उक्त रकम अहिले सम्म नपाएको बताउँदै गुनासो पोखेकी छिन । यस शिर्षकमा पनि बन समितिले दिएको दाबी गरेको छ ।

बाटो निर्माण (आ.व. ०७५।७६)
आर्थिक वर्ष २०७५।०७६ मा सामुदायिक वनले बाटो निर्माणका लागि अडिट रिपोर्टमा २४ लाख ८२ हजार ३ सय १० खर्च भएको देखाएको छ । जुन बाटो आर्थिक वर्ष ०७५।७६ मा नदि जन्य पदार्थ निकासीका लागि बुद्धभूमि नगरपालिकाबाट अगिया खोलामा ठेक्का हुँदा खडका काष्ठ तथा फर्निचर सप्लार्यले बढी रकम कबोल गरेको थियो । सोही क्रममा स्थानियको माग अनुसार उक्त ठेक्का हाता पार्ने ठेकेदारले बाटो निर्माणको लागि लागानी गरेको ठेकेदार राजु खड्काले रातो प्रेसको रिर्पोटमा बताएका छन । उनका अनुसार बाटो निर्माणमा करिब १५ लाख लागेको बताएका छन । तर सोही बाटो निर्माण बन समितले निर्माण गरेको भन्दै बनका अध्यक्ष गिरीधारीलाल थारु, सचिव सुसिला राना र कोषाध्यक्ष सशी अधिकारीले अपुष्ट दाबी गरेका छन ।

वन हेरालु तलब (आ.व. ०७५।७६)
त्यस्तै आर्थिक वर्ष ०७५।७६ मा सामुदायिक वनले अडिट रिपोर्टमा वन हेरालुको तलब ८ लाख ६४ हजार खर्च देखाएको छ । तर वर्ष भरि बन हेर्ने हेरालु २ जना छन, उनीहरुको तलब मासिक ६ हजार मात्र छ । २ जना हेरालुको वर्षदिनको तलब १ लाख ४४ हजार आउँछ । तर अडिट रिपोर्टमा एक वर्षको रकम ८ लाख ६४ हजार कसरी पुग्यो त ।
कार्यालय सहयोगी तलब (आ.व. ०७५।७६)
सोही आर्थिक वर्षको अडिट रिपोर्टमा कार्यालय सहयोगी तलब १ लाख ४४ हजार खर्च भएको देखाईएको छ । तर कार्यालय सहयोगीलाई उक्त रकम दिईएको छैन ।

वन हेरालु तलब (आ.व. ०७६।७७)
त्यस्तै आर्थिक वर्ष ०७६।७७ मा सामुदायिक वनले अडिट रिपोर्टमा वन हेरालुको तलब ४ लाख ३२ हजार खर्च देखाएको छ । तर वर्ष भरि बन हेर्ने हेरालु २ जना छन, उनीहरुको तलब मासिक ६ हजार मात्र छ । २ जना हेरालुको वर्षदिनको तलब १ लाख ४४ हजार आउँछ । तर अडिट रिपोर्टमा एक वर्षको रकम ४ लाख ३२ हजार कसरी पुग्यो त ।

यसरी हेर्दा माथिका ति शिर्षकमा खर्च बढी देखाएको पाइएको छ । स्थानिय उपभोक्ताहरुको भनाई अनुसार सो समितिले ४ वटा शिर्षकमा मात्रै ३० लाख भन्दा धेरै हिनाबिना गरेको भन्दै हाल सम्म करोड भन्दा बढी रकम घोटला हुनसक्ने अनुमान गरेका छन । तर वन समितिका पदाधिकारीले भने आफ्नो गल्तीलाई स्वीकार्न मानेनन बरू ढाकछोप गर्न तिर लागेको पाइएको छ ।

सार्वजनिक सुनुवाईमा अडिट रिपोट लुकाईएको उपभोक्ताहरूको आरोप छ भने अर्को तर्फ नक्कली बिल बनाई लाखौँ रकम हिनाबिना पारेको समेत उपभोक्ताको गुनासो छ ।

सम्बन्धित् समाचार