गृहपृष्ठ खबर आज देशका धेरै स्थानमा पानी पर्ने, केही भू-भागमा भारी वर्षाको सम्भावना

आज देशका धेरै स्थानमा पानी पर्ने, केही भू-भागमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति:

आज देशभर बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ ।

अहिले देशभर बदली रही प्रदेश १ का केही र बाँकी प्रदेशका एक-दुई स्थानमा पानी परिरहेको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै सोमबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने र त्यसका कारण पहिरो जाने तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

सम्बन्धित् समाचार