गृहपृष्ठ खबर बाणगंगा नगरपालिका परिसरमा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

बाणगंगा नगरपालिका परिसरमा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका परिसरमा बृक्षरोपण तथा सरसफाई कार्य सम्पन्न भएको छ । नगरपालिकाका मेयर मगंल प्रसाद थारु, उप मेयर चक्र अर्याल, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालको नेतृत्वमा नगरपालिका परिसरमा बृक्षरोपण तथा सरसफाई कार्य सम्पन्न भएको हो ।

नगरपालिकाका सबै ठाउमा सौन्र्दकरणका अभियान चलोस, हरियाली समाज निर्माणमा टेवा पुगोस भन्नका लागी बृक्षरोपण तथा सरसफाई गरिइएको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए ।

साथै खनालले हरेक वडा हुदै टोल टोलमा गई बृक्षरोपण तथा सरसफाइका कामलाई निरन्तरता दिने समेत बताएका छन । बिभिन्न प्रजातिका बिरुवा लगाउनुका साथै नगर परिसरभित्र सेवाग्राही आउदा मनोरम वातावरण बनाउन सरसफाई गरिएको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित् समाचार