गृहपृष्ठ खबर लायन्स क्लब अफ शिवराजमा पाण्डेको नेतृत्व

लायन्स क्लब अफ शिवराजमा पाण्डेको नेतृत्व

प्रकाशित मिति:

लायन्स क्लब अफ शिवराजमा समिति गठन गरिएको छ । जसको अध्यक्ष कमल पाण्डे, उपाध्यक्ष शान्ता गाैतम, विजय भुसाल ,सचिव कृष्ण प्रसाद पाेख्रेल,सह-सचिव- नविन भण्डारी,काेषाध्यक्ष – बाबुराम पाण्डे सहित २१ सदस्य समिती गठन गरिएको हो ।

शनिवार लायन्स क्लब अफ शिवराज द्वारा आयाेजित कार्यक्रममा सदस्यहरूसँग परिचय कार्यक्रम र चितवन सिटि मर्सि लाइन्स क्लवबाट अग्रज हरूसँगकाे भेटघाट तथा छलफल कार्यक्रम र आगामी दिनमा यस क्लवले दिगाे बनेर गरिने समाजसेवाकाे बारेमा विशेष छलफल भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
कार्यक्रममा क्लवका सल्लाहकार वडा अध्यक्ष टेकलाल सापकाेटा ,समाजसेवी बलराम मरासिनी र चनई स्वास्थ्य चाैकी प्रमुख जित बहादुर वि.सीको सहभागिता थियो ।

सम्बन्धित् समाचार