गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा आफ्नै बाबुद्धारा छोरी बलात्कृत

कपिलवस्तुको बाणगंगामा आफ्नै बाबुद्धारा छोरी बलात्कृत

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकामा आफ्नै बाबुद्धारा छोरी बलत्कृत भएकी छिन् । नगरपालिकाको वडा नम्बर ९ मा ब्यवसाय गर्दै आएका एक जना ब्यवसायीले आफ्नै छोरीमाथि बलात्कार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटना अहिले अनुसन्धानमा छ । आफ्नै बाबुबाट बलात्कार हुनु परेको कुरा छोरीले प्रहरीसमक्ष बताएपछि तुरुन्त ती ब्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक एसपी दान बहादुर कार्कीले बताउनु भयो ।

यस विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । उनले भलवाडमा ब्यवसाय गर्दै आएका छन् ।

सम्बन्धित् समाचार