गृहपृष्ठ खबर अर्घाखाँचीमा थपिए ३५ कोरोना संक्रमित, एकको मृत्यु

अर्घाखाँचीमा थपिए ३५ कोरोना संक्रमित, एकको मृत्यु

प्रकाशित मिति:

अर्घाखाँचीमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकाहरुमा गरि ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १७ जना, भुमिकास्थान नगरपालिकामा ६ जना, मालारानी गाउँपालिकामा ८ र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३ हजार ५२४ पुगेको छ । हाल ६२५ जना उपचाररत छन् । यस्तै, जिल्लामा कोरोना जित्नेको संख्या २ हजार ८२५ रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि विरामी डिस्चार्ज भएका छैनन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।

सम्बन्धित् समाचार