गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा सडक दुर्घटना कमि गर्न छाडा गाइवस्तुलाई रिफलेक्टर बेल्ट

कपिलवस्तुको बाणगंगामा सडक दुर्घटना कमि गर्न छाडा गाइवस्तुलाई रिफलेक्टर बेल्ट

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगामा छाडा गाइवस्तुलाई जोगाउन ट्राफिक सुरक्षालाई मध्य नजर गर्दै रिफलेक्टर बेल्ट लगाइएको छ । छाडा गाइवस्तुलाई सडक दुर्घटनामा नपरोस भन्नका लागी रिफलेक्टर बेल्ट लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र जिल्ला ट्राफिक कार्यालय गोरुसिङ्खेको पहलमा करिव १० छाडा गाइवस्तुलाई रातीको समयमा टल्कने रिफलेक्टर बेल्ट लगाइएको ईलाका प्रहरी कार्यालय प्रहरी सहायक निरिक्षक निरज गौतमले जानकारी दिए ।

रातको समयमा छाडागाइवस्तुका कारण दुर्घटना समेत बढेकाले रिफलेक्टर बेल्ट लगाइएको गौतमले बताए । साथै नियमित रुपमा छाडागाइवस्तुलाई रिफलेक्टर बेल्ट लगाउने तयारी रहेको पनि उनले जानकारी दिए ।

सम्बन्धित् समाचार