गृहपृष्ठ खबर कोरोना संक्रमणका कारण कपिलवस्तुमा प्रहरी नायव निरीक्षक रायमाझीको मृत्यु

कोरोना संक्रमणका कारण कपिलवस्तुमा प्रहरी नायव निरीक्षक रायमाझीको मृत्यु

प्रकाशित मिति:

कोरोना संक्रमणका कारण कपिलवस्तुमा प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा कार्यारत कपिलवस्तुको बाणगंगा नगरपालिका ९ भलवाडका ४५ वर्षिय शिव रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

रायमाझीलाई असार १४ गते पिसीआर रिपोर्ट पोजेटिभ आए पछि उपचारका लागि काठमाण्डु पुराइएको थियो । उपचारका क्रममा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लिलामणी आचार्यले बताउनु भयो । रायमाझीले कार्यालयमा आएका ठाडो उजुरी हेर्ने काम गर्दै आउनु भएको थियो । कोरोना संक्रमणका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ ।

सम्बन्धित् समाचार