गृहपृष्ठ खबर थपिए १४३३ खोप केन्द्र

थपिए १४३३ खोप केन्द्र

प्रकाशित मिति:

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।

उनका अनुसार देशभरि नै पहिलेको भन्दा १४३३ खोप केन्द्र थप गरिएको हो । पहिले २९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या ४४२२ पुर्‍याइएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरि  १४९ पुर्‍याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।

सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

सम्बन्धित् समाचार