गृहपृष्ठ खबर अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा

अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा

प्रकाशित मिति:

अर्घाखाँची अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको बजेटमार्फत निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र केही दिनमै प्लान्ट संचालनमा आउने छ ।

गत असारमा कामको संझौता भएको र केही मेसीनहरु नआएकाले काममा ढिलाई भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले जानकारी दिए । प्लान्टको ‘वुस्टर’ मेसिन आउन ढिलाई भएकाले निर्माण सम्पन्न हुन समय लागेको हो । ‘वुस्टर मेसिन आएको थिएन, उनले भने,‘अहिले सामान आईपुगेको छ, प्राविधिकहरुले जडानकार्य सम्पन्न गरेपछी सञ्चालनमा आउने छ ।’ त्यसपछाडी अक्सिजनको समस्या नहुने उनले बताए ।

प्लान्टले दिनमा ७०वटा सिलिण्डर भर्ने क्षमता राख्छ । गत वैशाख /जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजन चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेस्रो लहरमा भने जिल्लामा अब अक्सिन अभाव नहुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए ।

सम्बन्धित् समाचार