गृहपृष्ठ खबर १५ देशबाट एक अर्ब ६५ करोडको डाइपर आयात

१५ देशबाट एक अर्ब ६५ करोडको डाइपर आयात

प्रकाशित मिति:

नेपालले आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १५ मुलुकबाट एक अर्ब ६५ करोड मूल्यबराबरका डाइपर आयात गरेको छ । विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन् । भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिव १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ ।

सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट एक अर्ब ५० करोड अर्थात् करिब १० करोड  थान डाइपर आयात गरेको थियो । यसपछि भियतनामबाट ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट ३१ लाखका करिब १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ ।

नेपालले अन्य मलेशिया, थाइल्याण्ड, यूएई, अमेरिका, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि  डाइपर आयात गर्दछ ।

सम्बन्धित् समाचार