गृहपृष्ठ खबर रोटरी सेन्ट्रल रुपन्देहीमा पदस्थापन

रोटरी सेन्ट्रल रुपन्देहीमा पदस्थापन

प्रकाशित मिति:

बिकास गौतम

रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको दोस्रो पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२१/०२२ को लागी नवनिर्वाचित कार्यसमितिलाई एक कार्यक्रमका बिच पदस्थापना गरिएको छ । शनिबार एक कार्यक्रमका बिच नयाँ कार्यसमितिलाई पद हस्तान्तरणसंगै पदस्थापना गरिएको हो ।
क्लवका निवर्तमान एव सस्थापक अध्यक्ष सुरज खरेलले रोटरी बर्ष २०२१/०२२ का लागी निर्वाचित अध्यक्ष कुल बहादुर थापा लक्ष्मणलाई पद हस्तान्तरण गर्नुभएको हो । पदहस्तान्तरण कार्यत्रमको अवसरमा रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीको स्थापना देखी हाल सम्म क्लवका विभिन्न कार्यक्रममा रहेर सहयोग गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सो अवसरमा कोरोना महामारीको समयमा बुटवल लगायत क्षेत्रमा रगतको अभाव हुन नदिई काम गरेको भन्दै नेपाल स्वयसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री , देवदह क्षेत्रमा कोरोनाको समयमा कोरोनाका कारण ज्यान गुमाउनेको शव अन्त्यष्टिको लागी काम गरेको भन्दै कृष्ण प्रसाद पौडेल, अर्जुन गैरे लगायतलाई सो अवसरमा सम्मान गरिएको थियो । सो अवसरमा कोरोना महामारीको समयमा कोरोना नियन्त्रण तथा उपचारमा रहेर काम गर्ने चिकित्सक तथा नर्सहरुलाई समेत सम्मान गरेको थियो ।
पदस्थापन कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर नोमिनी राजेन्द्रप्रसाद ध्वजुले रोटरी र रोट्रयाक्ट क्लवको भूमिकाको बारेमा भनाई राख्नुभएको थियो । उहाँले रोटरी क्लव सेन्ट्रल रुपन्देहीले स्थापनको छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भन्दै आगामी दिनमा अझ प्रभावकारी काम हरु गर्न आग्रह गर्नु भयो । त्यस्तै रोटरी क्लव सेन्ट्रल बुटवलका संस्थापक एव रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीका सल्लाहाकार एजाज आलम, रोटरी डिष्ट्रिक ३२९२ का एसाइन गर्भनर जीवन ओझा, राजेन्द्र कार्की, राज कुमार गुप्ता लगायतले बोल्नु भएको थियो ।
त्यस अवसरमा क्लवका नवनिर्वाचित अध्यक्ष लक्ष्मण थापाले संस्थाको विधानमा रहेर क्लवमा दिईएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम सचिव लक्ष्मण खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार