गृहपृष्ठ खबर आजको मौसम : धेरै स्थानमा पानी पर्ने, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : धेरै स्थानमा पानी पर्ने, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति:

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने जानकारी दिएको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ । राति भने प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ ।

अहिले अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।

भोलि देशभर बदली रही केही स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । भोलि राति प्रदेश १  र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । बुधबार राति प्रदेश १ र २ का एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित् समाचार