गृहपृष्ठ खबर चैतसम्म सबै नेपालीलाई नि:शुल्क कोरोना खोप

चैतसम्म सबै नेपालीलाई नि:शुल्क कोरोना खोप

प्रकाशित मिति:

सरकारले चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिने भएको छ।

गठबन्धनका तर्फबाट आज सरकारका साझा कार्यक्रम सार्वजनिक गर्दै चैतभित्र सबैलाई निशुल्क रूपमा कोरोना खोप दिइने घोषणा गरिएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।

सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रीहरू पनि उपस्थित थिए। सरकारका साझा कार्यक्रम कार्यदलका संयोजकसमेत रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए।

खड्काका अनुसार संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा चैतसम्म सबै जनतालाई निशुल्क रूपमा कोरोना खोप दिने उल्लेख छ।

 

यस्तै नेपालमै कोरोना खोप उत्पादनका लागि पहल गर्ने, लिम्पियाधुरा, लिपुलेक तथा कालापानीजस्ता सीमामा देखिएका समस्या कुटनीतिक तवरबाट हल गर्ने पनि कार्यक्रममा समावेश छ।

यस्तै जसपाको मागअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम पनि समावेश छ।

स्वास्थ्य सामग्री खरिदमा भएका अनियमितताबारे सरकारले छानबिन गर्ने भएको छ। केपी शर्मा ओली सरकारका पालामा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको बाहिरिएको थियो।

सम्बन्धित् समाचार