गृहपृष्ठ खबर केही दिनयता भाइरल ज्वरोका बिरामी रोल्पामा बढे

केही दिनयता भाइरल ज्वरोका बिरामी रोल्पामा बढे

प्रकाशित मिति:

रोल्पा : रोल्पामा केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ।

गएको दुई हप्तादेखि रोल्पा अस्पतालमा मात्रै दैनिक १ सय ५० देखि २ सय जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । अस्पतालमा आउने धेरैजसो बिरामीहरुमा ज्वरो आउने, जिउ दुख्ने लक्षण देखिएको रोल्पा अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमणको जोखिम पनि कायमै रहेकाले धेरैजसो बिरामीको एन्टिजेन परीक्षण गर्ने गरिएको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा। प्रतिभा सुवेदीले जानकारी दिनुभयो । रोल्पा अस्पताल बाहेक जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरुमा पनि उत्तिकै सङ्ख्यामा बिरामी आउने गरेका छन् ।

कोरोनासँगै अन्य सङ्क्रामक रोक फैलिन थालेका भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न चिकित्सकहरुले सुझाएका छन् ।

सम्बन्धित् समाचार