गृहपृष्ठ खबर बर्दियामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप

बर्दियामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप

प्रकाशित मिति:

बर्दिया : बर्दियामा साउन २५ गतेसम्म जारी निषेधाज्ञा भदौ १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १० गते सम्मका लागि निषेधाज्ञा बढाएको हो ।

यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासलगायतका पसल बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

विद्यालय, पार्लर, सैलुन, रेष्टुरेन्ट, जिमखानाजस्ता बढी भीड हुने पसलहरु भने खोल्न नपाइने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।

यस्तै सार्वजनिक सवारीका साधनहरु स्वास्थ मापदण्डको पालना गरि बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन पाइने जनाइएको छ ।

सम्बन्धित् समाचार