गृहपृष्ठ खबर कपिलवस्तुमा ‘तपाईको मास्क खोइ’? कार्यक्रम

कपिलवस्तुमा ‘तपाईको मास्क खोइ’? कार्यक्रम

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाइन) : कोरोना संक्रमणको जोखिमदर बढेपछि कपिलवस्तुको सदरमुकाम तौलिहवामा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईको मास्क खोइ’? अभियान कार्यक्रम गरिएको छ । सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय तौलिहवाको आयोजनामा सो कार्यक्रम रिएको हो । बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधारणलाई मास्क समेत वितरण गरीएको छ । उक्त कार्यक्रममा १५० जना बढी मानिसहरुलाई १२ सय वटा मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले कोरोनाको संक्रमणबाट बच्न सम्पूर्ण कपिलवस्तुवासीलाई स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरि आफ्ना दैनिक कार्य अघि बढाउन आग्रह गर्नुभएको छ । सदरमुकाम तौलिहवासहित जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै ‘तपाईको मास्क खोई’? अभियान शुरु गरिएको प्रमुख जिल्ला अघिकारी पाण्डे बताउनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै तपाईको मास्क खोइ’? जस्ता कार्यक्रमले कोरोना नियन्त्रणमा सहयोगात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले यस्ता कार्यक्रलाई निरन्तरता समेत बताउनुभयो ।

सदरमुकाम तौलिहवाको बजार क्षेत्रमा प्रहरीले दैनिक कोरोना सङ्क्रमणबाट बच्नका लागि सचेतनामूलक सन्देश दिएर माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

कार्यक्रममा कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डे, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर नं.२८ गणका प्रहरी उपरीक्षक धुर्व बहादुर कार्की, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, वित्तिय बैंक तथा संघ संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार