गृहपृष्ठ खबर दाङमा खोलाले बगाउँदा आमाछोरोको मृत्यु

दाङमा खोलाले बगाउँदा आमाछोरोको मृत्यु

प्रकाशित मिति:

दाङ : दाङमा खोलाले बगाउँदा आमाछोरोको मृत्यु भएको छ । सोमबार दिउँसो ग्वारखोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनका २ वर्षीय छोरा रुद्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर–१९ पतेनीमा माइत जाने क्रममा दिउँसो करिब २ बजेतिर ग्वारखोलाले उनीहरूलाई बगाएको दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित् समाचार