गृहपृष्ठ खबर खोलामा नुहाउन गएका दाङका एकजना मृत अबस्थामा फेला

खोलामा नुहाउन गएका दाङका एकजना मृत अबस्थामा फेला

प्रकाशित मिति:

दाङ : खोलामा नुहाउन गएका दाङका एकजना मृत अबस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरी निवासी ४५ बर्षिय चुलुवा चौधरी पातुखोलामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले दिएको जानकारी अनुसार घर नजिकै खोलामा गएराति नुहाउन गएका चौधरीको राती नै शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी मुकुन्द प्रसाद रिजालले नुहाउने क्रममा पातुखोलामा आएको बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक चौधरीको शवलाई पोष्टमार्टम पछि मृतकका आफन्तले बुझी सकेका छन् । घटनाको बारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित् समाचार