गृहपृष्ठ खबर हुम्लाका वडाध्यक्षले ३५ वर्षपछि पास गरे एसईई, भन्छन्- अझै पढ्छु

हुम्लाका वडाध्यक्षले ३५ वर्षपछि पास गरे एसईई, भन्छन्- अझै पढ्छु

प्रकाशित मिति:

हुम्लाको सिमकोट गाउँपालिका–६ का वडाध्यक्ष जयचन्द्र रोकायाले ५८ वर्षको उमेरमा एसईई उत्तीर्ण गरेका छन् ।

यसअघि उनले २०४० सालदेखि २०४३ सालसम्म एलएलसी परीक्षा दिएका थिए । तर, उत्तीर्ण हुन सकेका थिएनन् ।

यस पटक दिएको एसईई परीक्षामा रोकायाले २.५५ जीपीए ल्याएर पास गरेका हुन् । मानसरोवर माध्यमिक विद्यालय सीमकोटबाट परीक्षामा सामेल भएका रोकायाले आन्तरिक मूल्यांकनबाट लिइएको परीक्षामा एसईई उत्तीर्ण गरेका हुन् ।

परीक्षामा लेखेरै पास गर्ने धोको भने अधुरै रहेको रोकायाले बताए । ‘एसएलसी दिएको ३५ वर्षपछि एसईई परीक्षा दिएको हुँ,’ उनले भने, ‘लेखेर नै पास हुने इच्छा थियो । त्यो धोको पूरा हुन पाएन ।’

थप शिक्षाका लागि कक्षा ११ मा पनि भर्ना हुने रोकाया बताउँछन् ।

सम्बन्धित् समाचार