गृहपृष्ठ खबर सांसदहरुले उठाए लिम्पियाधुरा र महाकाली घटनाको विषय

सांसदहरुले उठाए लिम्पियाधुरा र महाकाली घटनाको विषय

प्रकाशित मिति:

काठमाडौं : राष्ट्रियसभा सांसद दीपा गुरुङले तुइनबाट नदी तर्ने क्रममा महाकालीमा वेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन्।

मंगलबार राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद दीपा गुरुङले भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका धामीको घटना जघन्य अपराध भएको बताइन्। साथै, महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारले ढिलाई गरिएको भन्दै आलोचना गरिन्।

यस्तै, सांसद गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले महाकाली घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए

ुमहाकाली नदीमा भएको तुइन दुर्घटना हामी नेपालीहरुको निम्ति भारतीय फौजबाट भएको दोश्रो जघन्य अपराध हो, शहिद गोविन्द गौतमलाई पनि गोली हानेर मृत्यु शय्यामा पुर्‍याएको घाउ हाम्रो मानसपटलमा ताजै छ। अहिले पनि तिनै भारतीय फौजबाट तुइन काटेर मान्छे मार्ने काम प्रत्यक्षदर्शीबाट खुलासा भएको छु उनले भने, ुसरकारले छानबिन समिति बनाएपनि आजसम्म सत्य बाहिर आउन सकेको छैन। विगतमा भएका यस्तै थुप्रै जघन्य अपराधका कारण सीमानामा भएका नेपालीहरुले मानसिक र शारीरिक भोग्दै आएका छन्। र, जयसिंह धामीको त आलै घाउ छ।ु

त्यसैगरी सांसद नैनकला ओझाले कालापानी लिपुलेक, लिम्पियाधुराको भारततद्वारा मिचिएको जमिन छिटो भन्दा फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराइन्। उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उक्त जमीन फिर्ता हुनुपर्छ भन्दै गर्दा कसको निर्देशनमा विवाद अघि सारेर सरकारले गरेका राम्रा काममा भाँजो हालेको भन्दै प्रश्न समेत गरिन्।

ुकालापानी लिपुलेक, लिम्पियाधुराको भारतद्वारा मिचिएको जमीन छ। त्यो जमीन फिर्ता हुनुपर्छ भन्दै गर्दा एक्कासी के का लागि, कसको निर्देशनमा विवाद मात्र अघि सारी सरकारले गरेका राम्रा काममा पनि अपव्याख्या गरी असहयोग गर्ने काम भयो रु यो सरकारले छिटो भन्दा छिटो त्यो जमीन ल्याउने पहल गरोस्ु उनले माग गरिन्।

 

सम्बन्धित् समाचार