गृहपृष्ठ खबर सैनामैनाबाट जमिनमुनि काठ लुकाई राखेको अबैध सालको काठ बरामद

सैनामैनाबाट जमिनमुनि काठ लुकाई राखेको अबैध सालको काठ बरामद

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.११ पिपलडाँडाबाट प्रहरीले अबैध सालको काठ बरामद गरेको छ । फोहोर फ्याँक्ने डम्पिङ साईडको जमिनमुनि काठ लुकाई राखेको अवस्थामा काठ बरामद भएको हो ।

ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक दिवाकर रिजालको कमाण्डमा गएको प्रहरी टोलीले जमिनमुनि लुकाई छिपाई राखेको ९४.५३ क्यू फिट १३ १३ गोलिया फेला पारेको हो ।

२ लाख ३५ हजार रुपैयाँ बराबरको अबैध सालको काठ बरामद गरि आवश्यक कारवाहीको लागि कञ्चन सव( डिभिजन बन कार्यालय फायरलाईन रुपन्देही पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार