गृहपृष्ठ खबर तिनाउमा बोलेरो खस्दा ४ घाइते

तिनाउमा बोलेरो खस्दा ४ घाइते

प्रकाशित मिति:

बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल – पाल्पा सडक खण्डबाट एक बोलेरो जीप तिनाउ नदिमा खसेको छ । मंगलबार विहान करिब १० बजे सिद्धबाबादेखि केहि अगाडि हेडबक्स नजिकबाट उक्त बलेरो तल नदी खसेको हो ।

बा १ प १२९१ नम्बरको बोलेरो लुर्घटना हुँदा ४ जना घाईते भएका हुन्। घाईते हुनेहरुमा बाबुराम पाण्डे, बिनोद पाण्डे, अमित बस्याल र गं‌गा राई रहेका छन् । उनीहरु सबै पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्साका हुन्।

पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको उक्त गाडीमा केहि यात्रु रहेको र प्रहरी घटना स्थलमा पुगेको एक प्रतक्ष्यदर्शीले बताए ।

सम्बन्धित् समाचार