गृहपृष्ठ खबर चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

प्रकाशित मिति:

चितवन : दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार ईच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा काठमाडौंबाट मुग्लिन तर्फ आई रहेको बा ४६ प ३२० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट गईरहेको ग १६ प ५५३१ नम्बरको मोटरसाइकल आपसमा ठोकीँएका थिए ।

थापाका अनुसार ग १६ प ५५३१ नम्वरका मोटरसाइकल चालक स्याङजा पुतली बजार नगरपालिका ४ बस्ने बर्ष २६ का शुसिल पोख्रेलको मृत्यु भएको हो । दुर्घटनापछि पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै बा ६४ प ३२० नम्बरको मोटरसाइकल चालक जिल्ला भोजपुर कौवादुङमा गाउँपालिका ४ बस्ने बर्ष २४ को सन्दिप बस्नेत र सोही मोटरसाइकल पछाडी सवार उक्त ठाउँका २१ वर्षीय जय कार्कीको मध्यम अवस्थामा उपचार भइरहेको छ ।

सम्बन्धित् समाचार