गृहपृष्ठ खबर सेवाग्राहीहरू भिडमा बसेर राहदानी लिन बाध्य

सेवाग्राहीहरू भिडमा बसेर राहदानी लिन बाध्य

प्रकाशित मिति:

काठमाण्डौ : सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण सेवाग्राहीहरूले कोरोना कहरको बेला पनि भिडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् । मङ्गलवार बिहानैदेखि काठमाण्डौको कान्तिपथमा रहेको राहदानी विभागमा पुगेका सेवाग्राहीहरूले कोरोनाकालमा स्वास्थ्य मापदण्ड पालना कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भिडमा बसेर राहदानी लिन बाध्य हुनुपरेको प्रतिक्रिया दिएका हुन् ।

छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाण्डौ आउनुभएका दिलबहादुर गुरुङले सरकार आफैँले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोनाकालमा पनि भिडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो ।

उहाँले आफैँले भौतिक दुरीमा बसेर काम गर्न नियम बनाउने तर सरकारले नै भिडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । गुरुङले प्रदेश र पालिकाबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभएको छ ।

सम्बन्धित् समाचार