गृहपृष्ठ खबर बर्दियामा ३५ किलो चित्तलको मासुसहित ४ जना पक्राउ

बर्दियामा ३५ किलो चित्तलको मासुसहित ४ जना पक्राउ

प्रकाशित मिति:

बर्दिया : ३५ किलो चित्तलको मासुसहित बर्दिया निकुञ्जको टोलीले ४ जनालाई पक्राउ गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज डल्ला पोष्टबाट खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई समातेको हो।

उनीहरूको साथबाट निकुञ्जको टोलीले चित्तलको आलो मासु र मासु ल्याउन प्रयोग भएको साइकलसमेत बरामद गरेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत असीम थापाले जानकारी दिए।

पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नम्बर-१ सुर्यपटुवा डल्ला गाउँका स्थानीय रहेका जनाइएको छ। यद्यपि उनीहरूको मान भने निकुञ्जले सार्वजनिक गरेको छैन।

उनीहरूका साथमा अरू पनि तस्करहरू रहेका हुन सक्ने आशंकासहित निकुञ्जले खोजी गरिरहेको जनाएको छ।

सम्बन्धित् समाचार