गृहपृष्ठ खबर रुपन्देहीमा हत्या गरी चामल लुटपाट गर्ने ४ जना पक्राउ

रुपन्देहीमा हत्या गरी चामल लुटपाट गर्ने ४ जना पक्राउ

प्रकाशित मिति:

बुटवल : भारतीय चालकको हत्या गरी चामल लुटपाट गर्ने समूहलाई रुपन्देहीमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । साउन १७ गते भन्सार भई नेपाल आएको १८ लाख बढि मुल्य बराबरको चामल सहितको ट्रक र चालक सम्पर्कमा नरहेको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरीले साउन २० गते नै सिद्धार्थनगर नगरपालिका वडा नं १३ डण्डा खोलामा पानीमा तैरिरहेको अवस्थामा चालक भारत महाराजगंज ग्राम एकडेगवा टोल बस्ने तौफिक अहमद पठानको सव फेला परेको थियो। पठानको हत्यामा संलग्न रहेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालीका वडा नं ६ निवासी ३० वर्षिय सद्धाम कुजडा, सोही स्थानका २७ बर्षिय रिजवन भन्ने अलि मुसलमान, २८ वर्षका महेश कहार र तनहुँ शुक्लागण्डकी १० बस्ने २७ वर्षका सुनिल पौडेललाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको हो ।

भारतीय नम्बर प्लेटको युपी ५३ एटि ०१४१ नम्बरको ट्रकका चालकको हत्या गरि उनीहरुले ट्रकमा रहेको चामल लुटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए ।भारतबाट नन्दकिशोर यादवले काठमाडौं स्थित संग्रिला कम्पनीका नन्दन गूप्ताको नाममा पठाएका थिए ।

सम्बन्धित् समाचार