गृहपृष्ठ खबर कपिलवस्तुको राजापानी रिसोर्टबाट लुम्बिनी सारियो प्रदेश सांसद

कपिलवस्तुको राजापानी रिसोर्टबाट लुम्बिनी सारियो प्रदेश सांसद

प्रकाशित मिति:

रूपन्देही : सत्ता परिवर्तनको अन्तिम कसरतमा रहेको लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मंगलबार पनि प्रदेशसभा सदस्यलाई होटलमै राखेका छन् । सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखेका प्रदेशसभा सदस्यलाई मंगलबार पर्यटकीय क्षेत्र लुम्बिनीको ’लुम्बिनी बुद्ध गार्डेन’मा विपक्षी गठबन्धनका ४१ सदस्यलाई सारिएको हो ।

बुधबार आह्वान भएको विशेष अधिवेशनका लागि तयारी एवं छलफल गर्न पायक पर्ने र प्रदेशसभा सदस्यहरु लुम्बिनी क्षेत्रमा भ्रमण गर्न पनि मिल्ने भएकाले सबै सदस्य लुम्बिनीमा राखिएको विपक्षी गठबन्धनका नेता एवं पूर्वमन्त्री सुदर्शन बरालले बताए ।

सम्बन्धित् समाचार