गृहपृष्ठ खबर अर्घाखाँची अस्पतालमा ‘अक्सिजन प्लान्ट’ संचालनमा आयो

अर्घाखाँची अस्पतालमा ‘अक्सिजन प्लान्ट’ संचालनमा आयो

प्रकाशित मिति:

अर्घाखाँची : अर्घाखाँची अस्पतालमा ‘अक्सिजन प्लान्ट’ संचालनमा आएको छ । योसँगै जिल्ला अक्सिजन उत्पादनमा आत्मनिर्भर भएको छ। प्लान्टले २४ घंटामा ७० वटा ठूला सिलिण्डर भर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। कपिल गौतमले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको दोश्रो लहर चलिरहँदा अक्सिजनको जिल्लामा चरम अभाव भएको थियो । तेश्रो लहरमा भने जिल्लामा अक्सिनको अभाव नहुने अस्पतालले जनाएको छ ।

छिमेकी जिल्लामा समेत अक्सिजन निर्यात गर्न सक्ने अवस्था बनेको पनि जिल्ला अस्पतालले दाबी गरेको छ । सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो ।

सम्बन्धित् समाचार