गृहपृष्ठ खबर लुम्बिनी प्रदेश सभा बैठक १ घण्टाका लागि स्थगित

लुम्बिनी प्रदेश सभा बैठक १ घण्टाका लागि स्थगित

प्रकाशित मिति:

बुटवल ; लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले २स्४५ सम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको जानकारी दिए ।

यसअघि बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडियाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावमाथि विपक्षी दलका सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामूख घर्तीले बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएपनि प्रदेश प्रमुखबाट आधिकारिक जानकारी नआएकाले प्रदेश सभा पूर्वनिर्धारित कार्यसूचि अनुसार चलेको थियो ।

सम्बन्धित् समाचार