गृहपृष्ठ खबर रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्धारा राजीनामा

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्धारा राजीनामा

प्रकाशित मिति:

काठमाडौँ : नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार राजीनामा बुझाएका हुन् ।

सरकारले भट्टराईलाई आचरण विपरीत काम गर्दैआएको भन्दै स्पष्टीकरण सोधेको थियो । तर उनले आफूले स्पष्टीकरण दिन जरुरी नरहेको भन्दै सामाजिक सञ्जालमा लेख्दैआएका थिए ।

केपी ओली नेतृत्वको सरकार हटेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत माधव नेपाल, पुष्पकमल दाहाल सहित विभिन्न नेताहरुविरुद्ध कडा टिप्पणी गर्दैआएका थिए । साथै आफूलाई कसैले पदबाट हटाउन नसक्ने चेतावनी समेत उनले दिएका थिए ।

सम्बन्धित् समाचार