गृहपृष्ठ खबर रुपन्देहीमा २० वर्ष कैद सजायका फरार प्रतिवादी पक्राउ

रुपन्देहीमा २० वर्ष कैद सजायका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति:

बुटवल : रुपन्देही प्रहरीले सुरु गरेको फरार प्रतिवादी अप्रेसनमा थप एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैडहवा गाउँपालिका–५ का ७० वर्षीय चिनक यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले यादवलाई मंगलबार उनकै घरबाट पक्राउ गरेको हो । रुपन्देही अदालतले २०७३ बैशाख ३० गते कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजायको फैसला गरेको थियो ।

जघन्य अपराधमा संलग्न १० बर्ष भन्दा बढी सजाय भएका फरार प्रतिवादीहरु हालसम्म २३ जना पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार