गृहपृष्ठ खबर हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

सुनसरीको कोशी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान कोशी गाउँपालिकामा–४ खत्वे टोलका ५५ वर्षीय रामेखङ्ग जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्ष छेउमा रहेको खत्वे टोलका उनको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । बिहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्तीले लखेटेर आक्रमण गरेको थियो ।

उनको शव पोष्टमाटमका लागि इनरुवा अस्पताल पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ

सम्बन्धित् समाचार