गृहपृष्ठ खबर गुल्मीमा चट्याङ लागेर घाइते एक बालकको मृत्यु

गुल्मीमा चट्याङ लागेर घाइते एक बालकको मृत्यु

प्रकाशित मिति:

गुल्मी : गुल्मीमा चट्याङ लागेर घाइते एक बालकको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर९ ४ का विभिन्न स्थानमम लागेको चट्याङबाट ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर ३ जना गम्भीर घाइते भएका छन् । घाइते ३९ वर्षका रामबहादुर गन्धर्व, २४ वर्षकी रुपा नेपाली र ११ वर्षका किस्मत नेपालीको गुल्मी अस्पतालमा उपचार पछि थप उपचारको लागि पाल्पा पठाएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।

चट्याङ लागेर घाइते अन्य ३ जना स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि घर फर्केका छन् । बुधबार बेलुकी परेको चट्याङबाट स्थानीय नारायण बस्नेतको ३ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार