काठमाण्डौ : प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको भन्दै टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा प्रतिनिधि सभा सदस्य महतले यस्तो टिप्पणी गर्नुभएको हो ।
सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेको भन्दै उहाँले कुलमान बूढो भएपछि सरकारले के गर्छ भन्ने प्रश्न गर्नुभयो । डुबेका नेपाल एअरलाइन्स लगायतका संस्थानतर्फ पनि सांसद महतले सरकारको ध्यानाकर्षण गराउनुभयो ।