गृहपृष्ठ खबर रूपन्देहीमा गाउँपालिकाका अध्यक्ष नै जबरजस्ती करणीको आरोपमा पक्राउ

रूपन्देहीमा गाउँपालिकाका अध्यक्ष नै जबरजस्ती करणीको आरोपमा पक्राउ

प्रकाशित मिति:

बुटवल : रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीका अनुसार उनी आज पक्राउ परेका हुन् ।

उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन्। स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटकपटक दल परिवर्तन गर्दै आएका छन् । उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार