गृहपृष्ठ खबर कपिलवस्तुमा कटुवा पेस्तोल र ३ राउण्ड गोलीसहित ३ जना पक्राउ

कपिलवस्तुमा कटुवा पेस्तोल र ३ राउण्ड गोलीसहित ३ जना पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुबाट कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुका २० वर्षीय लक्षमण यादव, २८ वर्षीय विश्वम्वर यादव र ४१ वर्षीय समसाद अहमद खाँ रहेका छन् । कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार महाराजगंज नगरपालिका–९ औरहवाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

शंकास्पद अवस्थमा हिँडिरहेको समयमा खान तलासी गर्दा लक्ष्मणको साथबाट एक थान घरेलु नल कटुवा पेस्तोल र विश्वम्वरको साथबाट सो पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको उनले बताए ।

पक्राउ परेका दुवै जनाले दिएको बयानको आधारमा समसादलाई पनि नियन्त्रणमा लिएको उनले बताए । समसादले उक्त पेस्तोल र गोली आफूहरुलाई राख्न दिएको बयान लक्ष्मण र विश्वम्वरले प्रहरी समक्ष दिएका थिए ।

पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार