गृहपृष्ठ खबर कपिलवस्तुमा २ दिनमै १५५ फरार प्रतिवादि प्रहरीको फन्दामा

कपिलवस्तुमा २ दिनमै १५५ फरार प्रतिवादि प्रहरीको फन्दामा

प्रकाशित मिति:

कपिलवस्तु : बिभिन्न कसुरमा अदालतले सजाय तोके पनि लामो समयदेखि फरार रहदै आएका अपराधीलाई पक्राउ गर्न मंगलबार देखि प्रहरीले फ्युगिटिभ अरेस्ट प्रोग्राम फ्याप’ अभियान चलाएको छ । सो अभियान अन्तर्गत २ दिनमै प्रहरीले १ सय ५५ जनालाई पक्राउ गर्न सफल भएको हो । मंगलवार ८१ जना र बुधवार ७४ जना फरार रहदै आएका अपराधी पक्राउ परेका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए ।

कपिलवस्तुमा विभिन्न मितिमा लागुऔषध, जवरजस्तीकरणी, चोरी, कुटपिट, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई कपिलवस्तु जिल्ला अदालतले गरेको फैसलामा कसुरदार ठहरिएकालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

’फ्याप’ अभियानलाई प्राथमिकता दिई कार्य तिब्रता दिने क्रममा २ दिनमा नै १ सय ५५ जना पक्राउ गरिएको उनले बताए ।

सम्बन्धित् समाचार