गृहपृष्ठ खबर कांग्रेसको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प हो – केसी

कांग्रेसको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प हो – केसी

प्रकाशित मिति:

कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प भएको जिकिर गरेका छन् । मुलुकको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टीले महाधिवेशन नगरेकै कारण वैधता गुमाउने कुरा राम्रो नभएको उनको ठहर छ ।

महाधिवेशनबारे छलफल गर्न विहीबारदेखि केन्द्रीय कार्यसमितिको बैठक जारी छ । नेताहरुबीच पार्टीको वैधानिकता कसरी बचाउने रु भन्नेबारेमा घनीभूत बहस भइरहेका बेला केसीले भने विशेष महाधिवेशन नै उत्तम विकल्प भएको जिकिर गरेका छन् ।

पार्टीले अहिले कुनैपनि वाहना नगरी वैधानिकतामाथि उठेको प्रश्नको हल गर्नुपर्ने उनको भनाइ छ । केसीले तीन महिना अघि नै केन्द्रीय समितिको बैठकमा लिखित रुपमा विशेष अधिवेशनको प्रस्ताव अघि सारेका थिए ।

सम्बन्धित् समाचार