गृहपृष्ठ खबर श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रबाट लाखौंको काठ चोरी

श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रबाट लाखौंको काठ चोरी

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रैबाट लाखौं रुपैया मूल्य बराबरको काठ चोरी भएको छ । वाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट सामूदायिक बनबाट एकै पटक ९ सय क्यूफीट साललगायतका गोलीया काठ चोरी भएको हो । काठ हराएको घटनाको सुचना सामुदायिक वन उपभोक्ताले लुकाए पनि वन कार्यालयका कर्मचारीले बाहिर ल्याएका हुन् ।

कार्ययोजना अनुसार स्विकृती लिएर वन क्षेत्रमा काठ कटान भई रहेका बेला सरकारले काठ दाउरा काटन र ओसार प्रसार गर्न रोक लगाएको थियो ।

वन उपभोक्ता समुहका सचिव कृष्ण पौडेलको अध्यक्षतामा गठित समितिले काठ हराएको प्रतिबेदन दिएको रेनु सेनले बताउनुभयो ।

सम्बन्धित् समाचार