गृहपृष्ठ खबर नवलपरासीमा १० वर्षभन्दा बढी कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

नवलपरासीमा १० वर्षभन्दा बढी कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

प्रकाशित मिति:

परासी : दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो ।

निजलाई नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

जिल्ला अदालतले विसं २०७५ जेठ ३० गते लागुऔषध मुद्दामा १० वर्ष एक महिना आठ दिन कैद सजाय र रु एक लाख जरिवानाको फैसला गरेपछि बिन फरार भएका थिए ।

सम्बन्धित् समाचार