गृहपृष्ठ खबर सैनामैनाका एकल महिला तथा मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान

सैनामैनाका एकल महिला तथा मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान

प्रकाशित मिति:

सैनामैना : मानव अधिकारका लागि एकल महिला समुह रुपन्देहीले सैनामैनाकी एकली महिला तथा मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सैनामैना-२ मा रहेकी सरस्वती गौतमलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

पीडितको घरमै पुगेर रकम हस्तान्तरण गरिएको छ । मानव अधिकारका लागी एकल महिला समुह रुपन्देही र प्रदेश कार्य समितिका पदाधिकारीहरुले सहयोग रकम जम्मा गरी उपलब्ध गराएका हुन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहभागी हुदै सैनामैना–२ का अध्यक्ष कामदेव भुषालले सहयोग रकम उपलब्द गराएर मानवी कार्य गरेकोप्रति संस्थालाई धन्यवाद दिए । संस्थाले आपतमा परेका महिलाहरुलाई सहयोग उपलब्द गराउँदै आएको समुहका प्रदेश अध्यक्ष जानकी घिमिरेले बताईन । आगामी दिनमा समेत सहयोग चाहिएको खण्डमा सदैव आफूहरु तयार रहेको उनले बताइन् ।

पीडित तथा एकल महिलाहरुलाई आर्थिक सहयोगसंगै उनीहरुलाई रोजगारी र ब्यवसायमा जोड्न सके मात्र उनीहरुको दिर्घकालिन रुपमा समस्याको समाधन हुने समुहकी रुपन्देही अध्यक्ष राधिका श्रेष्ठले बताइन । केन्द्रको २० हजार र जिल्लाको १० हजार गरी ३० हजार सहयोग उपलब्द गराएको समेत अध्यक्ष श्रेष्ठले जानकारी गराईन । आर्थिक सहयोग उपलब्द गराएर आफूलाई ठूलो राहत भएको पीडित एकल महिला तथा मृगौला पीडित सरस्वती गौतमले बताईन ।

सम्बन्धित् समाचार